वीरेन्द्रनगरमा तीज कार्यक्रममा झडप, एक युवकको मृत्यु
वीरेन्द्रनगर, भदौ १५ : तीजको कार्यक्रममा झडप हुँदा सुर्खेतमा एक युवकको मृत्यु भएको छ।सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा तीजको कार्यक्रममा झडप भएको हो। झडपमा...
वीरेन्द्रनगर, भदौ १५ : तीजको कार्यक्रममा झडप हुँदा सुर्खेतमा एक युवकको मृत्यु भएको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पठानटोलमा तीजको कार्यक्रममा झडप भएको हो। झडपमा स्थानीय २० वर्षीय रोशन जीसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले बताए।
उनका अनुसार तीजको कार्यक्रममा झडप हुँदा ढुंगा हानाहान भएको थियो। ढुंगा लागेर रोशन घाइते भएका थिए। उनलाई उपचारका लागि अस्पताल लग्दै गर्दा बाटोमै मृत्यु भएको विष्टले जानकारी दिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०७:३० बजे, बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











