नारायणगढ-मुग्लिन सडकमा पहिरो, यातायात अवरुद्ध
चितवन, भदौ १५ : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।आज बिहान भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेको हो। पहिरोले सडक पूर्णरुपमा अवरुद्ध....jpg)
चितवन, भदौ १५ : नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
आज बिहान भरतपुर महानगरपालिका–२९ केराबारीमा पहिरो खसेको हो। पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
पहिरोका कारण सडक दुईतर्फी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए। अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले बताए।
तर, निरन्तर पानी परिरहेकाले बगिरहेको लेदो पन्छाउन कठिन भएको छ। पहिरोका कारण यात्रु र सवारीसाधन बाटोमै रोकिएका छन्।
वर्षायाम शुरु भएसँगै यो सडकमा पटकपटक पहिरो जाने गरेको छ। जसले गर्दा यात्रुले सास्ती खेप्नु परिरहेको छ।
प्रकाशित मिति: ०७:१२ बजे, बुधबार, भदौ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











