बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, भदौ १५ : मनसुनी वायुको प्रभावले आज बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागका...
काठमाडौं, भदौ १५ : मनसुनी वायुको प्रभावले आज बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। जसले गर्दा बिहानैदेखि देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।
अहिले गण्डकी प्रदेशका केही तथा प्रदेश १, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। बाँकी प्रदेशका पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा राति पनि भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। बाढी र पहिरो जान सक्ने भएकाले नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।











