Kathmandu Press

नेपालले जित्यो केन्याविरुद्धको सिरिज

सोमबार नैबरीस्थित जिमखाना मैदानमा अन्तिम खेलमा ३१ रनको जित निकाल्दै नेपालले सिरिज ३–२ले जितेको हो।
नेपालले जित्यो केन्याविरुद्धको सिरिज

काठमाडाैं, भदाै १४ : केन्या भ्रमणमा रहेको नेपाली क्रिकेटम टिमले घरेलु टोलीविरुद्धको टि–२० सिरिज जितेको छ । सोमबार नैबरीस्थित जिमखाना मैदानमा अन्तिम खेलमा ३१ रनको जित निकाल्दै नेपालले सिरिज ३–२ले जितेको हो।

नेपालले सिरिजको पहिलो खेल ५ विकेटले जितेको थियो भने दोस्रो खेलमा केन्या १८ रनले विजयी भएको थियो । तेस्रो खेलमा नेपाल ४ विकेटले विजयी हुँदा चौथो खेल केन्याले ७ रनले जितेको थियो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको १७६ रनको लक्ष्य पछ्याएको केन्याले निर्धारित ओभरमा  विकेट गुमाउँदै १४४ रन मात्र बनाउन सक्यो । उसका लागि नेहमिअ ओधिम्बोले सर्वाधिक ३७ रन बनाउँदा कप्तान सेम गोचे ३३ रन बनाए।

यस्तै, इरफान करिमले २८ रन बनाउँदा कोलिन्स ओबुयाले २३ रनको योगदान दिए। बलिङमा नेपालका सन्दीप लामिछाने र बासिर अहमदले समान २ विकेट लिए भने करण केसी, मोहम्मद अदिल आलम र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।

पूर्वकप्ता ज्ञानेन्द्र मल्ल र उपकप्तान रोहितकुमार पौडेलले उत्कृष्ट ब्याडिङ गरेपछि नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द् मल्ले सर्वाधिक ५९ रन बनाए । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

यस्तै, रोहितले २५ बलमा ७ चौकाको मद्दतमा ४७ रन बनाउँदा अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान दिए। ज्ञानेन्द्र र अर्जुनले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुआत दिलाएका थिए।

त्यसपछि ज्ञानेन्द्र र दीपेन्द्रले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए। त्यो अवस्थामा नेपालले २ सय रन बनाउने अवस्था देखिएको थियो। तर, १४औं ओभरको दोस्रो बलमा ज्ञानेन्द्र मल्ल आउट भएपछि लगातार विकेट गएपछि नेपालले विशाल योगलफल भने बनाउन सकेन्।

केन्याका नेहमिअ ओधिम्बो, शेम गोचे र विराज पटेलले समान २ विकेट लिए।

अब नेपालले केन्याविरुद्ध ३ खेलको एकदिवसीय सिरिज खेल्ने छ। सिरिज शुक्रबारबाट सुरु हुनेछ।

प्रकाशित मिति: १९:१५ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्