Kathmandu Press

कोटेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भिड (तस्बिरहरू)

काठमाडौं, भदौ १४ : आज भाद्र शुक्ल तृतीया अर्थात् नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज। यस दिनमा भगवान् शिवको विशेष पूजाआराधना हुने भएकाले...
कोटेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भिड (तस्बिरहरू)

काठमाडौं, भदौ १४ : आज भाद्र शुक्ल तृतीया अर्थात् नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज। यस दिनमा भगवान् शिवको विशेष पूजाआराधना हुने भएकाले शिवालयमा भक्तजनको भिड लाग्ने गर्छ।  

अघिल्लो दिन दर खाई तीजका दिन निराहार व्रत बसेर शिवको पूजा, उपासना गरे पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास छ। तीजका अवसरमा कोटेश्वरको महादेव मन्दिरमा आज (मंगलबार) दिनभरि नै दर्शनार्थीको भिड लागेको छ।

खासगरी रातो, हरियो र पहेंलो पहिरनमा सजिएका महिला भक्तजनको घुइँचोले त्यो क्षेत्रलाई रौनकमय बनाइदियो।

तस्बिर ः रासस

प्रकाशित मिति: १८:२७ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्