Kathmandu Press

ज्ञानेन्द्र र रोहितको ब्याटिङ चल्दा नेपालले दियो १७६ रनको लक्ष्य

पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङक मद्दतमा नेपालले केन्यालाई १७६ रनको लक्ष्य दिएको हो।
ज्ञानेन्द्र र रोहितको ब्याटिङ चल्दा नेपालले दियो १७६ रनको लक्ष्य

काठमाडाैं, भदाै १४ : ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा घरेलु टोली केन्याविरुद्ध नेपालले उत्कृष्ट ब्याटिङ गरेको छ। पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र रोहितकुमार पौडेलको उत्कृष्ट ब्याटिङक मद्दतमा नेपालले केन्यालाई १७६ रनको लक्ष्य दिएको हो।

नैरबीस्थित जिमखान क्रिकेट मैदानम टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेटको क्षतिमा १७५ रन बनाएको थियो । नेपालका लागि ज्ञानेन्द् मल्ले सर्वाधिक ५९ रन बनाए । उनले ४४ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

यस्तै, रोहितले २५ बलमा ७ चौकाको मद्दतमा ४७ रन बनाउँदा अर्जुन साउदले २९ र दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान दिए। ज्ञानेन्द्र र अर्जुनले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गर्दै टिमलाई राम्रो सुरुआत दिलाएका थिए।

त्यसपछि ज्ञानेन्द्र र दीपेन्द्रले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए। त्यो अवस्थामा नेपालले २ सय रन बनाउने अवस्था देखिएको थियो। तर, १४औं ओभरको दोस्रो बलमा ज्ञानेन्द्र मल्ल आउट भएपछि लगातार विकेट गएपछि नेपालले विशाल योगलफल भने बनाउन सकेन्।

केन्याका नेहमिअ ओधिम्बो, शेम गोचे र विराज पटेलले समान २ विकेट लिए।

जारी सिरिजको यो सर्वाधिक ठूलो योगफल हो। ५ खेलको सिरिज २–२को बराबरीमा छ।

 

प्रकाशित मिति: १७:३२ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्