Kathmandu Press

चाडपर्वमा यातायातलाई सहज बनाउन आग्रह

काठमाडाैं, भदाै १४ : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चाडपर्वको समयमा यातायात क्षेत्रलाई सहज र व्यवस्थित गर्न सरकारलाई आग्रह गरेका छन्।सहमहामन्त्री यादवले आज...
चाडपर्वमा यातायातलाई सहज बनाउन आग्रह

काठमाडाैं, भदाै १४ : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले चाडपर्वको समयमा यातायात क्षेत्रलाई सहज र व्यवस्थित गर्न सरकारलाई आग्रह गरेका छन्।

सहमहामन्त्री यादवले आज गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर ठूला चाडपर्व नजिकिएको बेलामा सार्वजनिक यातायातमा सुरक्षित यात्रा र सहज यातायातको व्यवस्था गर्न ध्यानाकर्षण गराएका हुन्।

कांग्रेसको निवर्तमान यातायात समन्वय विभागका प्रमुखसमेत रहनुभएका यादवले ट्रक व्यवसायी महासङ्घको विधानबारे पनि छलफल गरेका थिए।

उनले यातायात क्षेत्रमा देखिएका वर्तमान विषयवस्तुलाई विधानमा समेटेर अगाडि बढ्ने बारेमा छलफल गर्नुभएको गृहमन्त्री खाणका प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए।

भेटमा गृहमन्त्री खाणले चाडपर्वको समयमा सहज यातायातको व्यवस्थापनबारे सरकार सजक रहेको बताएका थिए। उनले मुख्य चाडपर्व नजिकिएको वेलामा यातायात व्यवस्थित र सहज बनाउन अहिलेबाट नै पहल गरिरहेको स्पष्ट पारे।

भेटमा गृहसचिव टेकनारायण पाण्डेको समेत उपस्थिति थियो। 

प्रकाशित मिति: १६:५७ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्