Kathmandu Press

देशभरिमा थपिए २५७ जना कोरोना संक्रमित

काठमाडौं, भदौ १४ : पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५७ जनामा कोरोना संक्रमित थपिएका छन्।१ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा...
देशभरिमा थपिए २५७ जना कोरोना संक्रमित

काठमाडौं, भदौ १४ : पछिल्लो २४ घण्टामा नेपालमा २ सय ५७ जनामा कोरोना संक्रमित थपिएका छन्।

१ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा १ सय ४३ जना र २ हजार ४ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ। मंगलबार थपिएका सहित नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ४७ हजार ६ सय ८८पुगेको छ ।

सोही अवधिमा २३२ जना कोरोनामुक्त भएका छन्। पुगेको छ। मंगलबार काेराेनाका कारणा एक जनाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

थपिएका सहित कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ४६ पुगेकाे छ। तीमध्ये २ हजार ९ सय ९१ जना होम आइसोलेसनमा रहेका छन् भने १ सय ५५ जना संस्थागत आइसोलेसनमा छन् ।

यसैगरी ४० जना आइसियुमा र ५ जनाको भेन्टिलेरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

 

 

प्रकाशित मिति: १६:३४ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्