Kathmandu Press

चेली र माइतीको सम्बन्ध प्रगाढ बनाउन तीजको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख शर्मा

चेली र माइतीको सम्बन्ध प्रगाढ बनाउन तीजको भूमिका महत्वपूर्ण : प्रदेश प्रमुख शर्मा

काठमाडाैं, भदाै १४ : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले तीजले चेली र माइतीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

नेपाली हिन्दू नारीहरूको पर्व हरितालिका तीजका अवसरमा आज शुभकामना विज्ञप्ति जारी गर्दै उनले चेली र माइतीबीचको सम्बन्धलाई प्रगाढ बनाउन यो पर्वले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

प्रमुख शर्माले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनीमा सुख, शान्ति, समृद्धि एवं अटल शौभाग्यको कामना गरे।

'यो पर्व मनाउने सन्दर्भमा यदाकदा देखिने भड्किलो शैली, देखासिखीजस्ता विकृत पक्षलाई पूर्णरूपमा त्याग्नु आवश्यक छ,' उनले भने, 'यसो गरेमा यस पर्वको सांस्कृतिक तथा धार्मिक महत्व बढ्न गई तीजको मौलिकता पनि कायम राख्न सघाउ पुग्दछ।'

प्रमुख शर्माले हरितालिका तीजले महिलालाई सशक्त तथा क्रियाशील बनाउन मद्दत गरोस् भन्दै सामाजिक विभेदको अन्त्य र समतामूलक एवं सभ्य समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भनेका छन्।

प्रकाशित मिति: १४:२८ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्