Kathmandu Press

तीजले एकताबद्ध भएर अघि बढ्न महिलालाई प्रेरणा  : अध्यक्ष ओली

काठमाडाैं, भदाै १४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वले सहिष्णुता र पारिवारिक एकतालाई अभिवृद्धि गर्दै सामाजिक विकृति अन्त्यका लागि...
तीजले एकताबद्ध भएर अघि बढ्न महिलालाई प्रेरणा  : अध्यक्ष ओली

काठमाडाैं, भदाै १४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरितालिका (तीज) पर्वले सहिष्णुता र पारिवारिक एकतालाई अभिवृद्धि गर्दै सामाजिक विकृति अन्त्यका लागि एकताबद्ध भएर अघि बढ्न नेपाली महिलालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। 

आज तीज र गौरा पर्वको अवसरमा शुभकामना सन्देश दिँदै उनले तीजलाई महिलाले आफ्नो पीडालाई अभिव्यक्त गर्ने पर्वका रुपमा लिने गरेको उल्लेख गरे। समाजका सबै तप्काले सामाजिक न्याय, समानता र सुरक्षा हासिल गर्न पार्टीले अघि सारेका सामाजिक परिवर्तन, विकास, सुशासन स्वच्छता र पारदर्शिताको आन्दोलनलाई सफल बनाउन महिला दिदीबहिनीको बलियो साथ रहने उनले विश्वास व्यक्त गरेका छन्। 

'समाजका सबै तप्काले सामाजिक न्याय, समानता र सुरक्षा हासिल गर्न एमालेले निर्धारण गरेको समृद्ध नेपाल र सुखी नेपालीको गन्तव्यमा मुलुकलाई पुर्‍याउन आवश्यक छ,' अध्यक्ष ओलीको सन्देशमा उल्लेख छ, 'हामी स्पष्ट नीति र कार्यक्रमलाई कार्यान्वयन गर्न क्षेत्रगत कार्ययोजना तथा आवधिक लक्ष्यसहित अघि बढिरहेका छौं।' 

प्रकाशित मिति: १४:१७ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्