Kathmandu Press

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरू अमेरिका भ्रमणमा

काठमाडौं, भदौ १४ : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरू अमेरिका भ्रमणमा गएका छन्।न्युयोर्कमा भदौ १५ देखि १७ गतेसम्म हुने युनाइटेड नेसन...
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरू अमेरिका भ्रमणमा

काठमाडौं, भदौ १४ : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षकहरू अमेरिका भ्रमणमा गएका छन्।

न्युयोर्कमा भदौ १५ देखि १७ गतेसम्म हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिट (युएनसीओपिएस) मा सहभागी हुन नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

सम्मेलनमा संयुक्त राष्ट्र संघको शान्ति सेना, अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि संयुक्त राष्ट्र संघका प्राथमिकतालगायत विषयमा छलफल जनाइएको छ।

सिंहका साथमा सचिवालयका एसपी सविन प्रधान र अर्यालका साथमा सशस्त्र प्रहरी निरीक्षक केदार सापकोटा पनि अमेरिका गएका छन्।

उनीहरूको अनुपस्थितिमा नेपाल प्रहरीको नेतृत्व सहकुलबहादुर थापा र  र सशस्त्र प्रहरीको नेतृत्व निमित्त प्रहरी प्रमुखनारायणदत्त पौडेलले गर्नेछन् । उनीहरूलाई विमानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुले बिदाइ गरेका थिए।

प्रकाशित मिति: १३:५४ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्