विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार
रियो दि जेनेरियाे, भदाै १४ : क्यान्सरबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ।क्यान्सरविरुद्ध संघर्षरत ८१ वर्षीय उनले आफ्नो स्वास्थ्य राम्रो...
रियो दि जेनेरियाे, भदाै १४ : क्यान्सरबाट पीडित विश्वविख्यात फुटबल खेलाडी पेलेको स्वास्थ्यमा सुधार आएको छ।
क्यान्सरविरुद्ध संघर्षरत ८१ वर्षीय उनले आफ्नो स्वास्थ्य राम्रो रहेको बताउँदै प्रशंसकहरूलाई आश्वस्त पारेका छन्।
सामाजिक सञ्जालमा श्रीमती मार्सिया आओकीसँग मुस्कुराइरहेको तस्बिर सार्वजनिक गर्दै उनले सबैलाई धन्यवाद भनेका छन्।
आफ्ना समर्थक एवम् प्रशंसकहरूका स्नेहपूर्ण सन्देशका निम्ति आभार व्यक्त गर्दै उनले आफ्नो स्वास्थ्य राम्रो रहेको र त्यसप्रति आफूले ध्यान दिएको उहाँले सञ्जालमा उल्लेख गरेका छन्।
विश्वकप फुटबल प्रतियोगितामा ब्राजिललाई तीन पटक प्रथम स्थानमा पुर्याउन सफल गत वर्षदेखि अर्बुदरोगबाट पीडित छन्।
उनले शरीरबाट ट्युमर हटाएपछि साओ पाउलोको अस्पतालमा केमोथेरापी गराएका थिए। पिसाब नलीमा सङ्क्रमण देखिएपछि उनी दुई साताभन्दा बढी समय अस्पताल भर्ना भएका थिए।
विश्वका उत्कृष्ट फुटबलर पेलेले आफ्नो जीवनको २१ वर्ष फुटबल खेलमा व्यतित गरेका थिए। एक हजार तीन सय ३६ वटा व्यावसायिक स्पर्धामा उनले १ हजार २ सय ८१ गोल गरेर विश्व कीर्तिमान कायम गरेका थिए।











