कलाकारको तीज : अरूलाई नचाउँदै, आफू पनि मनाउँदै
अन्य महिलाहरुलाई जस्तै कलाकारलाई पनि तीज विशेष लाग्छ। केही कलाकार घरमै, कोही ममाघरमा त कोही दर्शकसँग कार्यक्रममा रहमाइलो गर्दै तीज मनाइरहेका छन्।
काठमाडौं, भदौ १४ : नेपाली हिन्दू नारीहरुको महान वर्प तीज आज देशभर धुमधामसँग मनाइँदै छ। आज महिलाले उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी तीन मनाउने गर्छन्। बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने प्रचलन छ।
नेपाली कलाकारले पनि तीजलाई विशेष वर्षका रुपमा लिन्छन् । र, रमाइलो गरेर मनाउँछन्। तीजलाई विशेष वर्प मान्ने मध्ये एक हुन्, अभिनेत्री अनु शाह ।
तीज भन्नेवित्तिकै अनुलाई राति उठेर खाने दर र रातो पहिरनको निकै याद आउँछ । त्यसैले उनलाई तीन खुबै मन पर्छ । अनु तीजमा प्रायः परिवारसँगै घरमै बसेर अघिल्लो दिन दर खाने, भोलिपल्ट व्रत बस्ने र नाचगान गरेर मनाउँछिन्।
अभिनेत्री सञ्चिता लुइँटेल तीजलाई टाढा–टाढा भएकाहरू आफन्त, दिदीबहीनीसँग भेट गरेर नाचगान गर्ने पर्वका रूपमा लिन्छन्। तीजमा दिदीबिहिनीसँगै बसरे रमाइलो गर्ने उनको पटक पुरा भएन्।

एक महिना अगाडि देखि नेपालमै रहेका दुई बहिनी तीज आउनै लाग्दा विदेश गएकाले यो पटक सञ्चितालाई तीज केही खल्लो भएको हो। उनी भन्छिन्, ‘दुई बहिनी एक महिना अगाडिदेखि नेपालमै थिए, यसपालि तीजमा सँगै बसौँला रमाइलो गरौँला भन्ने सोच थियो तर माहिली बहिनी फ्रान्स गई, कान्छी बहिनी अमेरिका गई । सँगै तीज मनाउन पाइएन, केही खल्लो भयो।’
बहिनीहरु विदेश गएपछि सञ्चिता आमासँगै मामाघर गएर तीज मनाउँदै छिन्। ‘घरमा म र ममीमात्र भएकाले हजुरमुमाकोमा आएका छौं । सबै जना भेला भएर मीठा–मीठा परिकार खाइ नाचगान गरेर तीज मनाउँदै छौं।’
लोकगायिका पूर्णकला बिसीको तीज भने कार्यक्रममै बित्छ । आफू संगीतकर्मी भएकाले नाच्ने, गाउने, रमाइलो गर्ने भएकाले पूर्णकलालाई तीज विशेष लाग्छ। कार्यक्रममा व्यस्त रहेकी पूर्णकला पोखराको कार्यक्रम सकेर स्याङ्जा पुगेर तीज मनाउँदैछिन्।

‘गीतसंगीतमा आबद्ध भएकाले पनि बच्चैदेखि तीज मनपर्छ। बाल्यकालदेखि नै तीजमा मात्र एकपटक नयाँ लुगा लगाइने गरिन्थ्यो,’ उनी भन्छिन्, ‘जुनसुकै बेलामा कपडा किन्न सक्ने अवस्था थिएन, वर्षमा एकपटक नयाँ कपडा लगाउने चलन भएकाले पनि मलाई बाल्यकालकै कुराहरू याद आइहाल्छ।’
अर्की लोकगायिका राधिका हमाल पनि तीजलाई विशेष लाग्छ। उनी संस्कार र संस्कृति बोकेका महिलाका लागि तीज विशेष चाड भएको बताउँछिन्। सांगीतिक कार्यक्रममै व्यस्त रहेकी राधिकाको तीजमा तीजमा साना–साना भाइबहिनीलाई सहयोग गर्ने योजना छ । यो पटकको तीजमा राधिका ललितपुरको लेलेमा तीज विशेष कार्यक्रममा सहगभाही हुँदै तीज मनाइरहेकी छिन्।

‘पापाकी परि’ गीतबाट चर्चामा आएकी गायिका सुशीला पाठक यो तीजमा कार्यक्रममै व्यस्त छिन्। अघिल्ला वर्षमाहरुमा घरमै रमाइलो गरेर तीज मनाइरहेकी सुशीला यो पटक विभिन्न कार्यक्रममा सहभगाी हुँदै दर्शकसँगै तीज मनाउने बताउँछिन्।
अर्की गायिका एन्जिला रेग्मीलाई पनि तीज निकै राम्रो लाग्छ । उनी तीजलाई सबैजना भेला भएर गाउने, नाच्ने, रमाइलो गर्ने पर्वका रुपमा लिन्छिन्।
(राससकाे सहयाेगमा)











