तीजकाे रमझममा रमाउँदै (तस्बिरहरू)
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा महादेवको पूजा आराधना गरिन्छ। व्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ।
काठमाडाैं, भदाै १४ : नेपाली महिलाको महान पर्व तीज देशभर मनाइँदैछ। सोमबार दर खाएर बसेका महिलाहरु मंगलबार दिनभर निराहार व्रत बसेर भगवान महादेवको पूजाआराधना गर्दैछन्।
g.jpg)
हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने यस पर्वमा महादेवको पूजा आराधना गरिन्छ। व्रत बसेर शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्ति हुने धार्मिक विश्वास छ।
d.jpg)
सत्ययुगमा हिमालय पुत्री पार्वतीले पशुपतिनाथ, गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरू भएको पौराणिक मान्यता छ। विवाहिता महिलाहरूले अटल सौभाग्य तथा सन्तान प्राप्ति र अविवाहित युवतीहरूले योग्य बरको कामना गर्दै ब्रत बस्ने गर्दछन्।
h.jpg)
तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा मंगलबार दर्शनार्थीहरुको भीड लागेको छ। रातो, हरियो र पहेंलो पहिरनमा सजिएका महिला भक्तजनको पशुपति क्षेत्रमा भीड लागेको हो।
c.jpg)
पशुपतिनाथको बाहिरी मूलढोका भक्तजनका लागि २०६५ सालपछि यो वर्ष तीजमा पहिलोपटक खुला गरिएको छ। पशुपतिनाथको पुजारी प्रकरणपछि यो ढोका भक्तजनका लागि खुला गरिएको थिएन।
e.jpg)
पर्वका अवसरमा पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर लगायत देशभरका शिव मन्दिरमा पनि भक्तजनको घुइँचो छ।
b.jpg)
ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर, सिन्धुलीको कुशेश्वर, सिन्धुपाल्चोकको फटकेश्वर, दोलखाको भीमेश्वरलगायत शिवालयमा आज श्रद्धालु तथा बर्तालु महिलाको भिड लागेको छ।
तस्बिरहरू ः रासस







a.jpg)
i.jpg)





















