Kathmandu Press

स्वास्थ्यका मापदण्ड पालना गरी तीज मनाउन मुख्यमन्त्री भट्टको आग्रह

गोदावरी, भदाै १४ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हरितालिका तीजको मौलिकता कायम राख्दै स्वास्थ्यका मापदण्ड पालना गरी मनाउन आग्रह गरेका छन्।नेपाली महिलाहरूको...
स्वास्थ्यका मापदण्ड पालना गरी तीज मनाउन मुख्यमन्त्री भट्टको आग्रह

गोदावरी, भदाै १४ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हरितालिका तीजको मौलिकता कायम राख्दै स्वास्थ्यका मापदण्ड पालना गरी मनाउन आग्रह गरेका छन्।

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली समाजमा रहेका सबैखाले विभेद एवं हिंसा अन्त्य र समतामूलक समाज निर्माणका लागि महिलाले निर्वाह गरेको भूमिकाको उच्च सम्मान प्रकट गर्नुभएकोे छ।  

देखावटी तडकभडक एवं खर्चिलोपनलाई हटाउँदै आफ्नो मौलिकतामा तीज मनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भटृले आफ्नो मौलिकताको  तीज पर्वमा खुसी साटासाटका साथै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन सघाउ पुगोस् भन्ने कामना व्यक्त गर्नुभएको छ।

प्रकाशित मिति: १३:१२ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्