Kathmandu Press

विश्वकप ट्रफी सगरमाथा बेसक्याम्पमा प्रदर्शनीमा राखिने

काठमाडौं, भदौ १४ : यसैवर्ष अस्ट्रेलियामा आयोजना टि–२० विश्वकपको ट्रफी नेपाल आइपुगेको छ। सोमबार नेपाल आइपुगेको विश्वकप ट्रफी मंगलबार सगरमाथा बेसक्याम्प पु¥याइने छ...
विश्वकप ट्रफी सगरमाथा बेसक्याम्पमा प्रदर्शनीमा राखिने

काठमाडौं, भदौ १४ : यसैवर्ष अस्ट्रेलियामा आयोजना टि–२० विश्वकपको ट्रफी नेपाल आइपुगेको छ। सोमबार नेपाल आइपुगेको विश्वकप ट्रफी मंगलबार सगरमाथा बेसक्याम्प पु¥याइने छ । र, त्यहाँ प्रदर्शनीमा राखिनेछ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार विश्वकप ट्रफी सोलुखुम्बुको गोक्यो ताल र कालापत्थरमा प्रदर्शनी गरिने छ।

ट्रफी बुधबार बिहान भक्तपुरमा सर्वाजनिक प्रदर्शनीमा राखिनेछ। ट्रफी बिहान ११ बजेदेखि १ बजेसम्म भक्तपुर दरबार स्क्वायरमा आम नागरिकका लागि राखिनेछ ।

‘ट्रफी टुर’ अन्तर्गत टि-२० विश्वकप ट्रफीलाई विश्वका विभिन्न मुलुकको भ्रमण गराउने क्रममा नेपाल ल्याइएको हो।

प्रकाशित मिति: १२:२२ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्