Kathmandu Press

चट्याङ लागेर रौतहटमा एकै गाउँका तीन जनाको मृत्यु

रौतहट, भदौ १४ : मंगलबार बिहान चट्याङ लागेर रौतहटमा  एकै गाउँका तीन महिलाको मृत्यु भएको छ। चट्याङबाट रौतहटको गरुडा नगरपालिका–३ मलाहीमा खेतमा काम...
चट्याङ लागेर रौतहटमा एकै गाउँका तीन जनाको मृत्यु

रौतहट, भदौ १४ : मंगलबार बिहान चट्याङ लागेर रौतहटमा  एकै गाउँका तीन महिलाको मृत्यु भएको छ। चट्याङबाट रौतहटको गरुडा नगरपालिका–३ मलाहीमा खेतमा काम गरिरहेका तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मलाहीका ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषाकुमारी छन्। मृतकमध्ये सुदनिया र जगिया एकै परिवारको भएको प्रहरीले जनाएको छ।

खेतमा कामगर्ने क्रममा चट्याङ लाग्दा सँगै रहेकी वर्ष ४० की सैलिदेवी सामान्य घाइते तथा एकदर्जन बढी महिला प्रभावित भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११:०० बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्