Kathmandu Press

सल्यानमा अटो दुर्घटना : दुई जनाको मृत्यु, ५ घाइते

सल्यान, भदौ १४ : सल्यानमा अटोरिक्सा दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै...
सल्यानमा अटो दुर्घटना : दुई जनाको मृत्यु, ५ घाइते

सल्यान, भदौ १४ : सल्यानमा अटोरिक्सा दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। कालिमाटी गाउँपालिका–१ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा १ ह २२१९ नम्बरको अटो शारदा नगरपालिका–१० नयाँबस्तीमा सोमबार बेलुकी साढे ५ बजेतिर दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरकी धनीकुमारी पुन र कमलाकुमारी पुन छन्। दुर्घटनामा घाइते भएका दुवैको अस्पताल पु¥याएलगत्तै मृत्यु भएको हो।

यस्तै, सोही दुर्घटनामा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण, मृतक धनीकुमारीकी ६ वर्षीया छोरी अस्मिता  तथा चालक र अर्का एक जना छन्।

घाइतेको  जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ।

प्रकाशित मिति: ०८:४७ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्