Kathmandu Press

नेपाल र केन्याबीच निर्णायक खेल आज

काठमाडौं, भदौ १४ : आज टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाको पाँचौ अर्थात निर्णायक खेलमा नेपाल र केन्या भिड्दै छन्।नेपाल र केन्याको खेल आज अपराह्न ३ः४५...
नेपाल र केन्याबीच निर्णायक खेल आज

काठमाडौं, भदौ १४ : आज टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाको पाँचौ अर्थात निर्णायक खेलमा नेपाल र केन्या भिड्दै छन्।

नेपाल र केन्याको खेल आज अपराह्न ३ः४५ बजे नैरोबीमा हुनेछ। पाँच खेलको श्रृंखलामा नेपाल र केन्याले दुई दुई खेल जितेका छन्। आजको खेल जित्ने टोलीले श्रृंखला जित्नेछ।

पहिलो खेलमा नेपालले केन्यालाई पाँच विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा १८ रनले हारेको थियो भने तेस्रो खेल चार विकेटले जितेको थियो।

हिजो भएको चौथो खेलमा नेपाल केन्यासँग सात रनले पराजित भएको छ। आज दुवै टोली श्रृंखला जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछन्।

 

प्रकाशित मिति: ०८:१९ बजे, मंगलबार, भदौ १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्