केन्याविरुद्ध नेपालको खराब ब्याटिङ, १०२ रनको लक्ष्य पनि पछ्याउन सकेन
केन्याको यो ७ रनको जित टि–२० अन्तर्राष्ट्रियमा चौथो कम स्कोर डिफेन्ड गरेर जितेको खेल हो। सबैभन्दा थोरै स्करो डिफेन्ड गर्ने टिम उसले लागोसविरुद्ध ९० रनको स्कोर चेज गरेको थियो।
काठमाडौं, भदौ १३ : केन्या भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पुनः एक पटक खराब ब्याटिङ गरेको छ। नैरबीस्थित जिमखान क्रिकेट मैदानमा सोमबार भएको टि–२० सिरिजको चौथो खेलमा खराब ब्याटिङ गरेको नेपालले १०२ रनको सामान्य लक्ष्य पनि पछ्याउन सकेन्।
केन्याको यो ७ रनको जित टि–२० अन्तर्राष्ट्रियमा चौथो कम स्कोर डिफेन्ड गरेर जितेको खेल हो। सबैभन्दा थोरै स्करो डिफेन्ड गर्ने टिम उसले लागोसविरुद्ध ९० रनको स्कोर चेज गरेको थियो।
१०१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो । नेपालका लागि रोहितकुमार पौडेलबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
१९औं ओभरको ५औं बलमा बोल्ड भएका रोहितले ५५ बलमा २ चौका र २ छक्काको सहयोगमा ४७ रन बनाए । त्यसपछि मोहम्मद अदिल आलमले ८ तथा अर्जुन साउद, दीपेन्द्रसिंह ऐरी र ज्ञानेन्द्र मल्लले समान ६ रन बनाए।
नेपालको इनिङ ध्वस्त बनाउने क्रममा रकिप पटेलले ३ तथा इलिजा ओटेइनो, शेम गोचे र विराज पटेलले समान २ विकेट लिए।
सन्दीपको करिअरकै उत्कृष्ट बलिङ
कप्तान सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि नेपालले केन्यालाई १०१ रनमै अलआउट ग¥यो। सन्दीपले ४ ओभरमा ९ रन मात्र खर्चेर ५ विकेट लिएका थिए।
केन्याका लागि लुकास ओलुचले १८ बलमा समान ३ चौका र छक्का प्रहार गर्दै सर्वाधिक ३३ रन बनाए भने कोलिन्स ओबुयाले २० र गोचेले १३ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
नेपालका सन्दीपका अलावा अदिल आलमले २ तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले समान १ विकेट लिए।
केन्याको यो जितसँगै ५ खेलको टि–२० सिरिज २–२को बराबरीमा सकिएको छ। सिरिजको अन्तिम तथा निर्णायक खेल मंगलबार हुनेछ।











