Kathmandu Press

निर्वाचनको आयोगले सार्वजनिक गर्‍याे आचारसंहिता, के गर्न पाइन्छ के पाइन्न ? (पूर्णपाठ)

निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित गरेको हो । आयोगले निर्णय गरेका दिनदेखि आचारसंहिता लागू हुनेछ । 
निर्वाचनको आयोगले सार्वजनिक गर्‍याे आचारसंहिता, के गर्न पाइन्छ के पाइन्न ? (पूर्णपाठ)

काठमाडौं, भदौं  १३ : मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेको छ । 

निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित गरेको हो । आयोगले निर्णय गरेका दिनदेखि आचारसंहिता लागू हुनेछ । 

प्रधानमन्त्री, कुनैपनि मन्त्री र स्थानीय तहको जनप्रतिनिधि राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई खटिन पाउने छैनन्। आयोगले नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका र कार्यपालिका पदाधिकारीले पालना गर्नुपर्ने ८ वटा आचरण तोकेको छ । जसमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नपाउने उल्लेख छ।

तर निर्वाचनमा आफैं उम्मेदवार भएका प्रधानमन्त्री र मन्त्री आफ्नो क्षेत्रमा प्रचार प्रसार गर्न जान भने पाउँछन् । यसरी प्रचार गर्न जाँदा सरकारी स्रोत साधन प्रयोग गर्न भने पाउने छैनन् ।

आचारसंहितामा आयोगले दुई तहको अनुगमन संयन्त्रको प्रस्ताव गरेको छ । आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठनको प्रस्ताव गरेको छ।

आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारको हकमा जुलुस वा आमसभा गर्दा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो, स्टीकर वा अन्य कुनै पनि किसिमको चिज बोक्न बन्देज गरिएको छ। राजनीति दलको पहिचान खुलाइएको विवरण भने वितरण गर्न सकिने आचारसंहितामा उल्लेख छ।

यस्तै, आयोगले प्ररचार प्रसारको समय १२ घन्टाका लागि तोकेको छ। अब बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र प्रचारप्रासर गर्न पाइने छ। यस्तै प्रचार प्रसार वा जुलुजमा बालबालिकाको प्रयोगमा बन्देज लगाइएको छ।

त्यस्तै मनोनयन गर्न जाँदा २५ जनाभन्दा धेरै उपस्थित नहुन आचारसंहितामा उल्लेख छ। अनलाइन वेव पेज, टिभी, स्क्रोलिङ, डीस्प्ले आदिमा उम्मेदवारको प्रचार प्रसार गर्न पाइने छैन। तर पार्टी वा उम्मेदवारको आधिकारिक वेवपेजमा भने त्यस्तो सामग्री राख्न सकिने आचारसंहितामा उल्लेख छ।

प्रकाशित मिति: १९:०४ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्