Kathmandu Press

तनहुँमा उम्मेदवार बन्न कांग्रेसका केन्द्रीय नेताको इच्छा

काठमाडौं, साउन १३ : मङ्सिर ४ गते हुने निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि नेपाली कांग्रेसका केन्द्रीयस्तरका...
तनहुँमा उम्मेदवार बन्न कांग्रेसका केन्द्रीय नेताको इच्छा

काठमाडौं, साउन १३ : मङ्सिर ४ गते हुने निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नका लागि नेपाली कांग्रेसका केन्द्रीयस्तरका नेताहरूले आवेदन दर्ता गराएका छन् । 

नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ क्षेत्रीय कार्यसमितिले आकाङ्क्षीहरूको आवेदन सङ्कलन गरेकामा आजसम्म तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि चार जनाले आवेदन दर्ता गराएका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य शङ्कर भण्डारी, गोविन्द भट्टराई र संविधानसभा सदस्य रामचन्द्र पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि आवेदन दर्ता गराएका छन् । तनहुँ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यका लागि आज कसैले आवेदन दर्ता नगरेको क्षेत्रीय सभापति चुडामणि खनालले जानकारी दिए । 

मङ्सिर ४ गते हुने निर्वाचनका लागि काङग्रेस तनहुँले आकाङ्क्षी उम्मेदवारको नामावली सङ्कलन सुरु गरेको छ । तनहुँका दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवार बन्न चाहने आकाङ्क्षीको नामावली सङ्कलन गरिएको हो ।तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ भदौ १४ गते बेलुकासम्म आन्तरिक उम्मेदवारी दर्ता गर्न सकिने क्षेत्रीय सभापति श्यामकुमार मौरातीले जानकारी दिए । प्रतिनिधिसभा समानुपातिकतर्फ दलितमा यमुना खड्का विक र खुल्ला महिलामा मिरा जोशीले आवेदन दर्ता गराए । 

तनहुँ क्षेत्र नम्बर १ प्रदेश (क) तर्फ प्रत्यक्षमा रघुनाथ पौडेल, अशोककुमार श्रेष्ठ, शेष मोहम्मद हनिफ (गोरा मियाँ), सरिता गुरुङ, लक्ष्मीप्रसाद आचार्य, हरिदत्त पौडेल, दीपक भट्टराई, डोबाटे विक, पूर्णबहादुर गुरुङ, सहदेव अधिकारी र शङ्कर पौडेलले आवेदन दर्ता गराए । 

समानुपातिकतर्फ कुलचन्द्र वाग्ले, कल्पना पोखरेल, अर्जुनबहादुर अधिकारी, राजकुमार श्रेष्ठ, आशा थापा, सहिदा खातुन, पवित्रा पौडेल, सुशीला शर्मा, ओजराज पौडेल, कृष्ण रुचाल, उदयराज गौली, चिनु पोखरेल, ताराप्रसाद श्रेष्ठ, छत्रराज भण्डारी, विणा कैनी, वृषराज श्रेष्ठ, टेकबहादुर गुरुङ, समुन्द्र गोदार, नारायणी अधिकारी, श्यामकुमार मौराती र प्रताप गुरुङले आवेदन दर्ता गराएका छन् । 

प्रदेश (ख) तर्फ डम्बरबहादुर अधिकारी, दीपक भट्टराई, रामचन्द्र अधिकारी, अर्जुन अधिकारीले आवेदन दर्ता गराउनुभएको छ । समानुपातिकतर्फ रेशम गुरुङ, चिजा श्रेष्ठ, पुष्पादेवी श्रेष्ठ, प्रेमबहादुर गुरुङ, पवित्रा गौली, केशबहादुर सुनार, तमबहादुर दरै, विद्या खनाल नागिला, अमृतबहादुर नेपाली, बाबुराम श्रेष्ठ, राधादेवी खनालले आवेदन दर्ता गराए । 

तनहुँ क्षेत्र नम्बर २ का लागि प्रतिनिधिसभा सदस्यका लागि भदौ १६ गतेभित्र क्षेत्रीय समितिमा उम्मेदवारी दर्ता गर्न आग्रह गरिएको क्षेत्रीय सभापति चुडामणि खनालले बताए । काङ्ग्रेस तनहुँ जिल्ला कार्यसमितिले भदौ १९ गतेभित्र उम्मेदवार सिफारिस गरी केन्द्रमा पठाउने तयारी गरेको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र प्रदेशसभा क्षेत्रीय कार्यसमितिबाट सिफारिस भई आएका उम्मेदवारको नामावली जिल्ला कार्यसमितिले भदौ १९ गतेभित्र केन्द्रीय समितिलाई पठाउने भएको हो ।

तनहुँका दुई सङ्घीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्रमा आकाङ्क्षीको नामावली सङ्कलन गरी सम्बन्धित समितिबाट नामावली सिफारिस भई जिल्ला समितिमा आउने नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिेए  ।  

प्रकाशित मिति: १८:२७ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्