Kathmandu Press

शान्तिप्रक्रिया टुंगाे लगाउने विषयमा एमाले बाधक बन्न खोजेको प्रचण्डकाे आरोप

काठमाडाैं, भदाै १३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले शान्तिप्रक्रिया टुंगाे लगाउन एमाले बाधक बन्न खोजेको आरोप लगाएका छन्।सोमबार काठमाडौंमा आयोजित...
शान्तिप्रक्रिया टुंगाे लगाउने विषयमा एमाले बाधक बन्न खोजेको प्रचण्डकाे आरोप

काठमाडाैं, भदाै १३ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले शान्तिप्रक्रिया टुंगाे लगाउन एमाले बाधक बन्न खोजेको आरोप लगाएका छन्।

सोमबार काठमाडौंमा आयोजित माओवादी पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले शान्ति प्रक्रिया टुङ्गीन नदिन भाँजो हाल्ने काम गर्न खोजिएको आरोप लगाएका हुन्।

उनले संक्रमणकालीन न्यायका सन्दर्भमा माओवादीलाई अपराधी देखाउन खोज्ने काम भएको र माओवादीलाई ठेगान लगाउन बिधेयक ल्याउनुपर्ने तर्क गर्न खोजिएको जिकिर गरे।

प्रचण्डले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे समयसीमा राख्ने प्रस्ताव आफैँले गरेको तर एमाले अध्यक्ष केपी शर्मा ओलीले नमान्दा त्यो प्रावधानसहितको विधेयक पेस हुन नसकेको धारणा राखे।

उनले बुधबारसम्म गठबन्धनबीच सिट बाँडफाँटमा सहमति हुने, २० गतेसम्म क्षेत्र र प्रदेशको टुङ्गो लाग्ने र २५ गतेसम्म पार्टीका तर्फबाट उम्मेद्वार टुङ्गो लाग्ने दावी गरे। उम्मेदवार टुंगो लगाउने विषयमा स्थानीय तहको जस्तो नहुने भन्दै प्रचण्डले प्रदेश र संघमा व्यवस्थित रुपमा उम्मेदवार टुंगो लगाउने धारणा राखे।

त्यस्तै उहाले निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए। 

प्रकाशित मिति: १७:१५ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्