Kathmandu Press

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री देउवाकाे आग्रह

कांग्रेस पदाधिकारीसहित आज (सोमबार) दिउँसो शीतल निवास पुगेका प्रधानमन्त्री देउवाले धेरै नेपाली नागरिकताविहीन भएकाले सो समस्या समाधानका लागि नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेका हुन्।
नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीलाई प्रधानमन्त्री देउवाकाे आग्रह

काठमाडौं, भदौ १३ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेका छन्।

कांग्रेस पदाधिकारीसहित आज (सोमबार) दिउँसो शीतल निवास पुगेका प्रधानमन्त्री देउवाले धेरै नेपाली नागरिकताविहीन भएकाले सो समस्या समाधानका लागि नागरिकता विधेयक प्रमाणीकरण गर्न आग्रह गरेका हुन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालगायत कांग्रेस नेताहरूसँग नागरिकता विधेयकका विषयमा केही जिज्ञासा राखेको बताइएको छ। प्रधानमन्त्री देउवाले अघिल्लो सरकारले ल्याएको अध्यादेशअनुसार नै विधेयक ल्याएको स्पष्ट पारेको जनाइएको छ। राष्ट्रपति भण्डारीले चुनावका बारेमा पनि चासो राखेको र चुनाव निष्पक्ष हुनुपर्नेमा जोड दिएको बताइएको छ।

देउवाका साथमा पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि शीतलनिवास पुगेका थिए। 

संघीय संसदका दुवै सदनबाट पारित भएर प्रमाणीकरणका शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नुपर्ने भन्दै १५ बुँदे सन्देशसहित फिर्ता गरिदिएकी थिइन्।

संसदका दुवै सदनबाट प्रक्रिया पुर्याएर पुनः राष्ट्रपति समक्ष पठाउने तयारी छ। प्रतिनिधिसभाबाट हुबहु पारित भएको उक्त विधेयक अहिले राष्ट्रिय सभामा छ। राष्ट्रिय सभाको आइतबार बसेको बैठकले सो विधयकलाई दफवार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ।

एकातिर राष्ट्रपति कार्यालयले नागरिकता विधेयक फिर्ता पठाएकोमा कांग्रेस नेताहरुले राष्ट्रपतिले असन्तुष्टि जनाउँदै आएका छन्  भने अर्कातिर आफूले सन्देशसहित फिर्ता पठाएको विधेयक सदनमा छलफल नै नगराई जस्ताको तस्ते पारित गरेको भन्दै राष्ट्रपति असन्तुष्ट बनेको बताइएको छ।

सोही कारण उनले राजनीनामा दिन सक्नेसम्मको हल्ला पनि चलिरहेको छ। उनले केही दिनअघि नेपाली सेनाका बहालवाला र पूर्वअधिकारीहरूसँग भेट पनि गरेकी थिइन्। त्यसलाई लिएर राष्ट्रपतिको  आलोचनासमेत भएको थियो।  

प्रकाशित मिति: १७:१२ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्