Kathmandu Press

अल्मुताइरीले नियम उल्लंघन गर्दा एन्फालाई ७ हजार डलर जरिवाना

काठमाडाैं, भदाै १३ : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले ७ हजार डलर जरिवाना तिर्नुपर्नेको...
अल्मुताइरीले नियम उल्लंघन गर्दा एन्फालाई ७ हजार डलर जरिवाना

काठमाडाैं, भदाै १३ : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका कारण अखिल नेपाल फुटबल संघ (एन्फा)ले ७ हजार डलर जरिवाना तिर्नुपर्नेको छ। अल्मुताइरीले नियम उल्लंघन गरेपछि एसियाली फुटबल महासंघ (एएफसी)ले एन्फालाई ७ हजार डलर जरिवाना लगाएको हो।

एएफसी कप छनोटका क्रममा अल्मुताइरीले दुई फरक नियम उल्लंघन गरेपछि एएफसीको अनुशासन र आचार संहिता कमिटीले एन्फालाई जो जरिवाना लगाएको हो।

एएफसी एसियन कपको तेस्रो चरणको छनोटमा इन्डोनेसियाविरुद्धको खेलमा दुई पहेँलो कार्डका कारण प्रतिबन्धमा रहेपछि अल्मुताइरी मैदानमा देखिएका थिए । सो वापत एएफसीले ६ हजार डलर जरिवान लगाएको छ।

यस्तै इन्डोनेसियाविरुद्धकै खेलका क्रममा पहिलो हाफ सुरु गर्न ढिलाइ गरेको एएफसीले थप १ हजार डलर एन्फालाई जरिवाना तिराएको छ।

अब एन्फाले जरिवाना मध्येको १ हजार ७ सय ५० डलर यो निर्णय भएको मितिबाट ९० दिन भित्र तिर्नु पर्नेछ । बाँकी ५ हजार २ सय ५० डलर भने एएफसीले २ वर्षको परीक्षणकालका लागि रोक्का गर्ने छ। यो २ वर्षमा यस्तै नियम उल्लंघन गरेर त्यो रकम जफत हुने र थप जरिवाना लाग्ने एएफसीले चेतावनी दिएको छ ।

 

प्रकाशित मिति: १६:५६ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्