राष्ट्रपति भण्डारीले एमाले नेताहरुसँग आज छलफल गर्दै
अध्यक्ष केपी ओली भने अस्वस्थताका कारण साे छलफलमा सहभागी नहुने एमाले स्राेतले जनाएकाे छ।
काठमाडौं, भदौ १३ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेका नेताहरुलाई छलफलमा बोलाएकी छन्।
राष्ट्रपति कार्यालय स्राेतका अनुसार आज (सोमबार) साँझ ५ बजे राष्ट्रपति कार्यालयमा आउने गरी उनले एमाले नेताहरुलाई बोलाएकी हुन्। एमालेका नेताहरूसँग कुन विषयमा छलफल हुने भन्ने केही बािहिरएकाे छैन।
उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु शीतल निवास जाने तयारीमा रहेकाे एमालेका एक नेताले जानकारी दिए।एमाले अध्यक्ष केपी ओली भने अस्वस्थताका कारण साे छलफलमा सहभागी नहुने एमाले स्राेतले जनाएकाे छ।
राष्ट्रपति भण्डारीले साेमबार नै नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेकी थिइन्। भेटमा के विषायमा छलफल भयाे भन्ने विषय सार्वजनिक नभए पनि नागरिकता विधेयकबारे छलफल भएकाे आकलन गरिएको छ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका साथमा शीतलनिवास पुगेर राष्ट्रपतिसँग भेट गरेका थिए।











