Kathmandu Press

अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग जवाफ 

काठमाडौं, भदाै १३ : सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले दिएको एउटा अभिव्यक्तिलाई लिएर सोमबार लिखित जवाफ मागेको छ।बालेनविरुद्ध दर्ता भएको...
अवहेलना मुद्दामा सर्वोच्चले माग्यो बालेनसँग जवाफ 

काठमाडौं, भदाै १३ : सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले दिएको एउटा अभिव्यक्तिलाई लिएर सोमबार लिखित जवाफ मागेको छ।

बालेनविरुद्ध दर्ता भएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा भएको सुनुवाइपछि सर्वोच्चले जवाफ पेस गर्न आदेश दिएको हो।

बालेनले अब सर्वोच्चको आदेशबमोजिम सात दिनभित्र लिखित जवाफ पेश गर्नुपर्ने छ। उनलाई वारेस मार्फत लिखित जवाफ पेश गर्ने सुविधा दिइएको छ। 

बालेनले अदालतको अवहेलनाजन्य अभिव्यक्ति दिएको आरोपसहित अधिवक्ता दीपकराज जोशीले अवहेलना मुद्दा दर्ता गरेका थिए। उक्त मुद्दामा बालेनलाई सजायको माग छ।

नर्भिक अस्पतालको संरचना नभत्काउन सर्वोच्च अदालतले दिएको अन्तरकालीन आदेशका बिषयमा बालेनले सर्वोच्चविरुद्ध छुद्र टिप्पणी गरेको आरोप अधिवक्ता जोशीको छ।

सर्वोच्चको आदेशको विरुद्धमा बालेनले ‘अब नक्सा पासको कामपनि सर्वोच्च अदालतलाई गर्न दिए हुने’ भन्दै गरेको टिप्पणी अवहेलनाजन्य रहेको दाबी जोशीको छ। 
 

प्रकाशित मिति: १६:०६ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्