गठबन्धन दलहरूले चुनावमा एक्लाएक्लै भिड्ने सामर्थ्य गुमाइसके : महासचिव पाेखरेल
काठमाडाैं, भदाै १३ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय सत्ता गठबन्धनले चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेको बताएका छन्।सोमबार काठमाडौंमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा...
काठमाडाैं, भदाै १३ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय सत्ता गठबन्धनले चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाइसकेको बताएका छन्।
सोमबार काठमाडौंमा सञ्चारकर्मीसँगको अन्तरक्रियामा पोखरेलले एमालेसँग एक्लाएक्लै प्रतिस्पर्धा गर्ने सामर्थ्य गुमाएकाले अन्य दललाई पनि गठबन्धनमा भित्राउने तयारी भएको बताएका हुन्।
उनले कांग्रेसले आफ्नो अस्तित्व रक्षा गठबन्धनको माध्यमबाट खोजिरहेको र अन्य दललाई साथमा लिएर हिँडेको तर्क गरे। त्यस्तै पोखरेलले निर्वाचनपछि जनताले पुन एमालेलाई सरकारमा पुराउने र केपी ओली नै प्रधानमन्त्री बन्ने दाबी गरे।
आगामी निर्वाचनमा एमाले कुनै गठबन्धनको पक्षमा नरहेको उनको भनाइ छ। उनले नागरिकता बिधेयकका कतिपय बिषयहरु राष्ट्रियता विरोधी रहेकाले आफुहरुको विरोध रहेको जिकिर गरे।
पोखरेलले पार्टीले तय गरेको मापदण्डका आधारमा भाद्र २२ गते भित्रै प्रतिनिधिसभा र प्रदेशको उम्मेदवार चयन गरिसक्ने धारणा राखे।











