कर्णालीको अर्थमन्त्रीमा कृष्णा शाह र ऊर्जामन्त्रीमा रातो कामी नियुक्त
सुर्खेत, भदौ १३ : कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका तर्फबाट दुई नेता मन्त्री नियुक्त भएका छन्।मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा...
सुर्खेत, भदौ १३ : कर्णाली प्रदेश सरकारमा नेकपा माओवादी केन्द्रका तर्फबाट दुई नेता मन्त्री नियुक्त भएका छन्।
मुख्यमन्त्री जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटबाट सामानुपतिक सांसद कृष्णा शाह र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा रुकुम पश्चिमबाट प्रदेश सभामा प्रत्यक्ष निर्वाचित सांसद रातो कामीलाई सोमबार नियुक्त गरेका हुन्।
प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाह र कामीलाई सोमबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी रहेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
माओवादीले प्रदेश सरकारमा सहभागी दुई मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट र जल, स्रोत तथा उर्जा विकास मन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाएको थियो।
माओवादीले मन्त्री बन्ने पालो पुर्याउन भइरहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाएको हो।











