Kathmandu Press

ब्राजिलियन विंगर एन्थोनी युनाइटेड आउने

काठमाडाैं, भदाै १३ : ब्राजिलियन स्ट्रार विंगर एन्थोनी इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड आउने भएका छन्। २२ वर्षीय ब्राजिलियन विंगरलाई युनायटेडले डच क्लब आयाक्सबाट...
ब्राजिलियन विंगर एन्थोनी युनाइटेड आउने

काठमाडाैं, भदाै १३ : ब्राजिलियन स्ट्रार विंगर एन्थोनी इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेड आउने भएका छन्। २२ वर्षीय ब्राजिलियन विंगरलाई युनायटेडले डच क्लब आयाक्सबाट अनुबन्धन गर्न लागेको हो।

एन्थोनी युनाइटेड आउने पक्का भएपनि दुई बीच औपचारिक सम्झौता भने भइसकेको छैन । एन्थोनीका लागि युनाइटेडले १ सय मिलियन युरो खर्चिएको इटालियन चर्चित खेल पत्रकार फाब्रिसियो रोमानोले उल्लेख गरेका छन्।

उनका अनुसार एन्थोनीले युनाइटेडसँग ५ वर्षको सम्झौता गर्नेछन्। यस्तै, थप एक वर्ष सम्झौता नवीकरण गर्ने सुविधान पनि युनाइटेडले एन्थोनीलाई दिएको छ।

सन् २०२०मा ब्राजिलियन क्लब साउ पाओलोबाट आयाक्स आएका उनले त्यसयता ८२ खेलमा २५ गोल र २२ असिस्ट गरेका छन्।

प्रकाशित मिति: १५:२६ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्