Kathmandu Press

एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्छ : रघुवीर महासेठ

काठमाडाैं, भदाै १३ : नेकपा (एमाले) का सचिव रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्ने दाबी गरेका छन्।उनले एमालेबाहेक...
एमालेले एक्लै बहुमत ल्याएर इतिहास रच्छ : रघुवीर महासेठ

काठमाडाैं, भदाै १३ : नेकपा (एमाले) का सचिव रघुवीर महासेठले आगामी निर्वाचनमा आफ्नो पार्टीले एक्लै बहुमत ल्याएर इतिहास रच्ने दाबी गरेका छन्।

उनले एमालेबाहेक यो देशका कुनै पनि शक्तिले राष्ट्रियता र स्वाभिमान बचाउन नसक्ने टिप्पणी समेत गरे। रिपोर्टर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै महासेठले अहिलेको पाँच दलीय गठबन्धनकाे आलोचना गरे।

उनले अहिलेको सत्ता गठबन्धन देश र जनताअनुकूल नभएको आरोप लगाए। महासेठले वर्तमान गठबन्धनको सरकारले देशको सारा जलस्रोत चुनावभन्दा अघि नै यसरी नै सिध्याउने त होइन भन्दै प्रश्न गरे।

उनले गठबन्धनका नेताहरु प्रचण्ड र  माधव नेपालहरुले कांग्रेसको पुच्छर समातेर वैतरणाी तर्न खोजेको पनि बताए।

प्रकाशित मिति: १४:५६ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्