Kathmandu Press

कांग्रेस पदाधिकारीसहित शीतल निवासमा प्रधानमन्त्री देउवा

भेटको एजेन्डाबारे कांग्रेस नेताहरुले केही नखुलाए पनि नागरिकता विधेयकबारे छलफल हुने जनाइएको छ।
कांग्रेस पदाधिकारीसहित शीतल निवासमा प्रधानमन्त्री देउवा

काठमाडौं, भदौ १३ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका पदाधिकारीका साथमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

उनका साथमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की शीतलनिवास पुगेका हुन्।

भेटको एजेन्डाबारे कांग्रेस नेताहरुले केही नखुलाए पनि नागरिकता विधेयकबारे छलफल हुने जनाइएको छ।

संघीय संसदका दुवै सदनबाट पारित भएर प्रमाणीकरणका शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नुपर्ने भन्दै १५ बुँदे सन्देशसहित फिर्ता गरिदिएकी थिइन्।

संसदका दुवै सदनबाट प्रक्रिया पुर्याएर पुनः राष्ट्रपति समक्ष पठाउने तयारी छ। प्रतिनिधिसभाबाट हुबहु पारित भएको उक्त विधेयक अहिले राष्ट्रिय सभामा छ।

राष्ट्रपति कार्यालयले नागरिकता विधेयक फिर्ता पठाएकोमा कांग्रेस नेताहरुले राष्ट्रपतिले असन्तुष्टि जनाउँदै आएका छन्।

राष्ट्रपतिले पनि आफूले सन्देशसहित फिर्ता पठाएको विधेयक सदनमा छलफल नै नगराई जस्ताकाे तस्ते पारित गरेकाे भन्दै असन्तुष्ट छिन्। सोही कारण उनले राजनीनामा दिन सक्नेसम्मको हल्ला पनि चलिरहेको छ।

प्रकाशित मिति: १४:४२ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्