Kathmandu Press

नक्सासहित उपस्थित हुन विशाल बजारलाई महानगरकाे निर्देशन

काठमाडौं, भदाै १३ : काठमाडौं महानगरले न्युरोडमा रहेको सुरज आर्केडको बेसमेन्ट खाली गराएको छ।नक्सापासविपरीतको प्रयोजनका लागि बेसमेन्ट प्रयोग गरिएको पाइएपछि महानगरले खाली गराएको...
नक्सासहित उपस्थित हुन विशाल बजारलाई महानगरकाे निर्देशन

काठमाडौं, भदाै १३ : काठमाडौं महानगरले नक्सासहित उपस्थित हुन विशाल बजारलाई निर्देशन दिएको छ। 

महानगरले सोमबार सुरज आर्केडलगायत विशाल बजारलगायत अन्य कम्प्लेक्सको पनि निरीक्षणका क्रममा नक्सासहित उपस्थित हुन विशाल बजारलाई निर्देशन दिएको हाे। 

बेसमेन्टमा रहेको पसलहरु अनधिकृत रहेको र भवनको नक्सा समेत नरहेको भन्दै महानगरको टोलीले बताएपछि  विशाल बजार कम्पनीले भने पसलहरु वैधानिक रहेको दाबी गरेको थियो। त्यसकारण २४ घन्टाभित्र उपस्थित भइ नक्सा देखाउन महानगरले निर्देशन दिएकाे हाे।

महानगरले न्युरोडमा रहेको सुरज आर्केडको बेसमेन्ट खाली गराएको छ। नक्सापासविपरीतको प्रयोजनका लागि बेसमेन्ट प्रयोग गरिएको पाइएपछि महानगरले खाली गराएको हो।

महानगरले सो स्थानमा मापदण्डविपरीतको संरचना पनि हटाउने जनाएको छ। अन्य स्थानमा अनधिकृत संरचना हटाउन पनि निर्देशन दिएको छ। त्यसक्रममा व्यापारीहरुले विरोधसमेत जनाएका छन्।

अनिधकृत रूपमा बनाइएका संरचना भत्काउने अभियानलाई महानगरले तीव्रता दिएको छ। अघिल्लो सातादेखि महानगरले अनधिकृत रुपमा बनाइएका संरचना हटाउने अभियान थालेको हाे।

काठमाडौं मल, आरबी कम्प्लेक्स, अल्फाबिटा कम्प्लेक्स, रत्नपार्क अन्डरग्राउन्ड सब बेका अनधिकृत पलसहरु हटाइसकेको छ। 

प्रकाशित मिति: १३:१८ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्