Kathmandu Press

कांग्रेसका पदाधिकारी राष्ट्रपतिलाई भेट्न शीतल निवास जाँदै

काठमाडाैं, भदाै १३ : सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारीहरू राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास जाँदै छन्।प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितका पदाधिकारीहरुले...
कांग्रेसका पदाधिकारी राष्ट्रपतिलाई भेट्न शीतल निवास जाँदै

काठमाडाैं, भदाै १३ : सत्तारुढ नेपाली कांग्रेसका पदाधिकारीहरू राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न शीतल निवास जाँदै छन्।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासहितका पदाधिकारीहरुले आज (सोमबार) दिउँसो २ बजे राष्ट्रपतिसँग भेटवार्ता गर्न लागेका हुन्।

उपसभापति धनराज गुरुङ, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पार्टी महामन्त्री गगन थापा पनि शीतलनिवास जाने बताइएकाे छ। भेटमा नागरिकता विधेयकबारे छलफल हुने जनाइएको छ।

संघीय संसदका दुवै सदनबाट पारित भएर प्रमाणीकरणका शीतल निवास पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचार गर्नुपर्ने भन्दै १५ बुँदे सन्देशसहित फिर्ता गरिदिएकी थिइन्।

संसदका दुवै सदनबाट प्रक्रिया पुर्याएर पुनः राष्ट्रपति समक्ष पठाउने तयारी छ। प्रतिनिधिसभाबाट हुबहु पारित भएको उक्त विधेयक अहिले राष्ट्रिय सभामा छ।

प्रकाशित मिति: १३:१० बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्