Kathmandu Press

बिग बास लिगमा सन्दीप र सुवास अनसोल्ड

काठमाडाैं, भदाै १३ : अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट लिग बिग बास लिगको ड्राफ्टमा रहेका दुई नेपाली खेलाडी सन्दीप लामिछाने र सुवास खकुरेल बिक्न असफल...
बिग बास लिगमा सन्दीप र सुवास अनसोल्ड

काठमाडाैं, भदाै १३ : अस्ट्रेलियाको फ्रेन्चाइज क्रिकेट लिग बिग बास लिगको ड्राफ्टमा रहेका दुई नेपाली खेलाडी सन्दीप लामिछाने र सुवास खकुरेल बिक्न असफल भएका छन्। आइतबार चार चरणमा भएको ड्राफ्टमा सन्दीप र सुवासमाथि कुनै पनि टिमले चासो देखाएनन्।

यसअघि लागातार ४ सिजन बिग बास लिग खेलेको सन्दीप यो पटक बिक्ने अपेक्षा थियो। यसअघि खेलाडी सिधै किन्ने गरिएको यो पटक ड्राफ्डमार्फत खेलाडी अनुबन्धन गरिएको हो ।

सन्दीपले सुरुआती दुई सिजन मेलबर्न स्टार्सबाट र त्यसपछिका दुई सिजन होबर्ट हुरिकेन्सबाट खेलेको थिए। चार संस्करणका ४३ खेलमा ४८ विकेट लिएका छन्

ड्राफ्ट मार्फत ८ टिमले २५ विदेशी खेलाडी अनुबन्धन गरेका छन्। ड्राफ्टमा इंग्ल्यान्डका सर्वाधिक १३ खेलाडी बिक्री हुँदा पाकिस्तान, अफागानिस्ता र न्युजिल्यान्डका समान ३ तथा वेस्टइन्डिज र दक्षिण अफ्रिकाका समान १ खेलाडी बिक्री भएका छन्।  

 

 

प्रकाशित मिति: १२:४० बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्