Kathmandu Press

बसन्तपुर प्लाजामा महानगरको टोली, अनधिकृत संरचना खाली गराइने

पार्किङका लागि बनाइएको बेसमेन्टमा अनधिकृत संरचना निर्माण गरी भाडामा लगाइएको सूचनाका आधारमा महानगरको टोली बसन्तपुर प्लाजा पुगेको हो । 
बसन्तपुर प्लाजामा महानगरको टोली, अनधिकृत संरचना खाली गराइने

काठमाडौं, भदौ १३ : काठमाडौं महानगरपालिकाको टोली बसन्तपुर प्लाजा पुगेको छ। पार्किङका लागि बनाइएको बेसमेन्टमा अनधिकृत संरचना निर्माण गरी भाडामा लगाइएको सूचनाका आधारमा महानगरको टोली बसन्तपुर पुगेको हो । 

सोमबार बिहानैदेखि महानगरको टोली बसन्तपुर क्षेत्रमा परिचालित छन् । सुरज अर्केड, मखन प्लाजा लगायत विभिन्न व्यवसायिक भवनका बेसमेन्टहरु खाली गराउन थालिएको छ । महानगरको टोली पुगेपछि अवैध संरचनामा सञ्चालित पसलका सञ्चालकहरुले सामान हटाउन थालेका छन् । 

महानगरको टोलीले आजै पिनट्स भवनको बेसमेन्ट खाली गराउन जाँदै छ। 


 

प्रकाशित मिति: १२:१८ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्