Kathmandu Press

त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सभामुखको रुलिङ

सोमबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले त्रिविमा भएको गुण्डागर्दीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले तत्काल समस्या समाधान गर्न रुलिङ जारी गरेका हुन् । 
त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न सभामुखको रुलिङ

काठमाडौं, भदौ १३ : सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयको समस्या समाधान गर्न रुलिङ गरेका छन् । 

सोमबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद प्रदीप ज्ञवालीले त्रिविमा भएको गुण्डागर्दीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाउँदै सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले तत्काल समस्या समाधान गर्न रुलिङ जारी गरेका हुन् । 

ज्ञवालीले प्रधानमन्त्री कुलपति रहेको विश्वविद्यालयमा नकारात्मक कृयाकलाप हुँदापनि प्रधानमन्त्री मौन बसेको भन्दै आपत्ति जनाएका थिए । यस विषयमा गृहमन्त्री र शिक्षामन्त्रीले जवाफ दिनुपर्ने बताउँदै ज्ञवालीले सभामुखबाट रुलिङको माग गरेका थिए । रुलिङ नभए संसद अगाडि बढ्न नदिने चेतावनी दिएपछि सभामुखले रुलिङ गरेका हुन् । 
 
प्रकाशित मिति: १२:०६ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्