Kathmandu Press

केपी ओलीले रवीन्द्र मिश्रलाई दिए चुच्चे नक्सा र एक मुठ्ठी सिक्का उपहार

काठमाडौं, भदौ १३ : विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भटेवार्ता गरेका छन् । आइतबार साँझ बालकोट पुगेर मिश्रले...
केपी ओलीले रवीन्द्र मिश्रलाई दिए चुच्चे नक्सा र एक मुठ्ठी सिक्का उपहार

काठमाडौं, भदौ १३ : विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भटेवार्ता गरेका छन् । आइतबार साँझ बालकोट पुगेर मिश्रले ओलीलाई भेट गरेका हुन् । 

भेटमा आसन्न संसदीय निर्वाचन, देशको राजनीतिक, भूराजनीति, विदेशी हस्तक्षेप र चासोका विषयमा करिब आधा घन्टा छलफल भएको मिश्रले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । भेटमा राजसंस्थाको आवश्यकता र असान्दर्भिकताका बारेमा पनि छलफल भएको मिश्रले बताएका छन् । 

एमाले अध्यक्ष ओलीको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्सा पारित गर्नुपूर्व भोगेका जटीलता तथा अन्य कैयौं विषयमा कुराकानी भएको मिश्रले जानकारी दिएका छन् ।  ‘सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो– तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला,’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्। 

फर्कने बेला ओलीले चुच्चे नक्सासहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रुपैयाँका एक मुठ्ठी सिक्का उपहार दिएको मिश्रले बताएका छन् । 

प्रकाशित मिति: ११:१८ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्