Kathmandu Press

नागरिकता विधेयकमाथि आज विधायन समितिमा छलफल

काठमाडौं, भदौ १३ : नागरिकता विधेयकमाथि छलफल गर्न राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई बोलाएको छ।आइतबार राष्ट्रिय सभाको बैठकले नागरिकता विधेयकलाई...
नागरिकता विधेयकमाथि आज विधायन समितिमा छलफल

काठमाडौं, भदौ १३ : नागरिकता विधेयकमाथि छलफल गर्न राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई बोलाएको छ।

आइतबार राष्ट्रिय सभाको बैठकले नागरिकता विधेयकलाई छलफलका लागि विधायन समितिमा पठाएको थियो। त्यसमाथि छलफल गर्न आज विधायन समितिको बैठक बस्दै छ।

आज दिउसो १२ बजे बस्ने बैठकमा नागरिकता विधेयकमाथि छलफल हुने समिति सचिव मनोजकुमार गिरीले बताए। उनका अनुसार छलफलका लागि गृहमन्त्री खाण, गृहसचिव टेकनारायण पाण्डे, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई छलफलका लागि बोलाइएको छ।

यसअघि प्रतिनिधिसभा र राष्ट्रिय सभाले छलफल नै नगरी नागरिकता विधेयक पारित गरेको थियो। त्यसलाई पुनर्विचारका लागि भन्दै राष्ट्रिपति विद्यादेवी भण्डारीले फिर्ता पठाएकी थिइन्।

प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरिसकेको छ। राष्ट्रिय सभाले भने छलफलका लागि विधायन समितिमा पठाएको छ।

प्रकाशित मिति: ०८:३७ बजे, सोमबार, भदौ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्