समानुपातिकमा भाग लिन ७६ दलको निवेदन
काठमाडौं, भदौ १३ : आगामी मंसिर ४ गते हुने निर्वाचनमा समानुपातिकतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन्।निर्वाचन आयोगले समानुपातिकतर्फ दल दर्ताका लागि...
काठमाडौं, भदौ १३ : आगामी मंसिर ४ गते हुने निर्वाचनमा समानुपातिकतर्फ भाग लिन ७६ दलले निवेदन दिएका छन्।
निर्वाचन आयोगले समानुपातिकतर्फ दल दर्ताका लागि आइतबारसम्म समय दिएको थियो। जसमा प्रतिनिधि सभातर्फ ७६ दलले दर्ताका लागि निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले दल दर्ताका लागि भदौ १० देखि १२ गतेसम्म समय दिएको थियो।
प्रदेशतर्फ समानुपातिकका लागि भने कम दल दल दर्ता भएका छन्। प्रदेश–१ मा ६३, मधेश प्रदेशमा ६७, बागमती प्रदेशमा ६६ र गण्डकी प्रदेशमा ६० दलले निवेदन दिएको आयोगले जनाएको छ।
आयोगका अनुसार लुम्बिनी प्रदेशमा ६२, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ५८ दलले समानुपातिकमा भाग लिन निवेदन दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
प्रकाशित मिति: ०८:०७ बजे, सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











