आज संसद्मा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल
काठमाडौं, भदौ १३ : प्रतिनिधिसभाको आजको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा छलफल हुने भएको छ।प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। आजको...
काठमाडौं, भदौ १३ : प्रतिनिधिसभाको आजको बैठकमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकमा छलफल हुने भएको छ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा कानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने भएका छन्।
त्यसपछि राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सभापति निरा देवी जैरुले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ।
प्रकाशित मिति: ०७:२२ बजे, सोमबार, भदौ १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











