यू–१७ साफ च्याम्पियसिपका लागि नेपाली टिमको घोषणा
काठमाडाैं, भदाै १२ : आसन्न यू–१७ साफ च्याम्पियसिपका लागि नेपाली टिमको घोषणा गरिएको छ। प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार प्रतियोगिताका लागि २४ सदस्यीय टिम...
काठमाडाैं, भदाै १२ : आसन्न यू–१७ साफ च्याम्पियसिपका लागि नेपाली टिमको घोषणा गरिएको छ। प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार प्रतियोगिताका लागि २४ सदस्यीय टिम घोषणा गरेका हुन।
च्याम्पियनसिपका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले खुला प्रतिस्पर्धाबाट टिम छनोट गरेको हो। विभिन्न चरणको छनोटपछि बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट २४ जना छनोट गरिएको हो।
यू–१७ च्याम्पियनसिप सेप्टेम्बर ७ देखि १४ सम्म आयोजना हुनेछ। प्रतियोगितामा नेपाल भारत र भुटानसँगै समूह बीमा छ। समूह ए मा श्रीलंका, माल्दिभ्स र बंगलादेश छन्।
प्रतियोगितामा नेपालले पहिलो खेल भुटानसँग सेप्टेम्बर ७ मा खेल्ने छ भने भारतसँगग सेप्टेम्बर ९ मा खेल्ने तालिका छ। दुवै समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्ने छन्। सेमिफाइनल सेप्टेम्बर १२ र फाइनल सेप्टेम्बर १४मा हुने छ।
नेपाली टिम : कृषाल मोक्तान, समीर चन्द र रुबिन बोगटी (गोलकिपर), अश्विन घोरासैनी, सेमन्त थापा, उनेश बुढाथोकी, मदन पौडेल, दिपक थापा मगर, निशान्त तामाङ, युनिश मगर, विक्रम तामाङ, प्रीतम कार्की र धिरज विश्वकर्मा (डिफेन्डर), प्रशान्त लक्ष्सम, मिराक लिङ्देन, सरोज दारलामी, हरिशराज भट्ट र लच्छु थापा (मिडफिल्डर), निरज कार्की, धनसिंह विक, विनोद केसी, समिर तामाङ, सिजल राई र सुवास बम (स्ट्राइकर)।











