Kathmandu Press

रूकुम पश्चिममा पहिरोमा परी आमासहित दुई छोरी बेपत्ता

काठमाडौं, भदौं १२ : रूकुम पश्चिममा पहिरोमा परी जाजरकोटका तीन आमाछोरी बेपत्ता भएका छन्।आइतबार दिउँसो गएको पहिरोमा आमाछोरी बेपत्ता भएका हुन्। कर्णाली प्रदेश...
रूकुम पश्चिममा पहिरोमा परी आमासहित दुई छोरी बेपत्ता

काठमाडौं, भदौं १२ : रूकुम पश्चिममा पहिरोमा परी जाजरकोटका तीन आमाछोरी बेपत्ता भएका छन्।

आइतबार दिउँसो गएको पहिरोमा आमाछोरी बेपत्ता भएका हुन्। कर्णाली प्रदेश प्रहरीकाअनुसार बेपत्ता हुनेमा जाजरकोट जिल्लाको भेरी नगरपालिका–१ का ३० वर्षीया बालमती राना र उनका दुईवटी छोरी १२ वर्षीया तिर्सना र दुई वर्षीया प्रतिक्षा रहेका छन्।

वर्षाबाट ज्यान जोगाउन सामुदायिक वनको भवनमा ओत लागेका तीनै आमाछोरीलाई ओत लागेकै बेला भवन माथिबाट आएको पहिरोले भवनसहित पुरी बेपत्ता बनाएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: २०:४५ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्