जबराविरुद्धको महाअभियोगबारे सर्वोच्च बारले बुझायो सिफारिस समितिलाई २३ बुँदे प्रमाण
जबराविरुद्ध लगाइएको महाभियोग पुष्टि आधार हुने दाबीसहित बारले महाभियोग सिफारिस समितिलाई आरोपसँग सम्बन्धित कागजात, विवरण र जानकारीलगायतका प्रमाणहरु उपलब्ध गराएको हो ।
काठमाडौं, साउन १२ : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध नेपाल बार एसोसिएसनले विभिन्न प्रमाण उपलब्ध गराएको छ ।
जबराविरुद्ध लगाइएको महाभियोग पुष्टि आधार हुने दाबीसहित बारले महाभियोग सिफारिस समितिलाई आरोपसँग सम्बन्धित कागजात, विवरण र जानकारीलगायतका प्रमाणहरु उपलब्ध गराएको हो ।
प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले माग गरेबमोजिम एसोसिएसनको कार्यसमितिको बैठकले जबरालाई पदमुक्त गर्नुपर्ने ‘आधार’ प्रमाणका रूपमा पेस गर्ने निर्णय गरेको जनाइएको छ ।
प्रमाणका रूपमा जबराले विभिन्न मितिमा गरेका फैसला, विभिन्न मितिमा पत्रपत्रिकामा आएका लेख तथा समाचारलाई पेस गरिएको छ । समितिले यसअघि जबरा विरुद्धको प्रमाण माग गर्दै बारलाई पत्राचार गरेको थियो भने स्वयम् जबरालाई पनि भदौ १५ गते छलफलका लागि बोलाइएको छ ।
प्रकाशित मिति: १८:४८ बजे, आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार