Kathmandu Press

भोजपुर जिल्लाबाटै उम्मेदवारी दिने मुख्यमन्त्री राईकाे चाहना

काठमाडौं, भदौ १२ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आगामी मंसिर ४ मा हुने निर्वाचनमा भोजपुर जिल्लाबाटै उम्मेदवारी दिने बताएका छन्।उनले आइतबार सामाजिक...
भोजपुर जिल्लाबाटै उम्मेदवारी दिने मुख्यमन्त्री राईकाे चाहना

काठमाडौं, भदौ १२ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आगामी मंसिर ४ मा हुने निर्वाचनमा भोजपुर जिल्लाबाटै उम्मेदवारी दिने बताएका छन्।

उनले आइतबार सामाजिक सञ्जालमार्फत घुमाउरो थरिकाले आफ्नो चाहना भोजपुरबाटै उम्मेदवार हुने रहेको बताएका हुन्। उनलाई नेकपा एकीकृत समाजवादीले भोजपुर र सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको भए पनि आफ्नो जन्मथालोमै केही गर्ने सोच आफूमा रहेको धारणा उनले राखेका छन्। 

‘भोजपुर मेरो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला हो, भोजपुरप्रति मेरो अगाध माया छ, भोजपुरे जनताले मलाई माया र विश्वास गरिराख्नु भएको छ, त्यसैले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने मेरो ०.१ प्रतिशत पनि चाहनासोच छैन’ उनले फेसबुकमा लेखेका छन्, ‘भोजपुरे जनताले माया र विश्वास गरेसम्म म सांसद÷मन्त्री केही नभई भुइँमा बसेर नि भोजपुरे र भोजपुरे जनताको सेवा गर्न चाहन्छु। त्यसैले सांसद, मन्त्री बन्न अन्त जाने मेरो कुनै सोच, चाहना छैन।’

मुख्यमन्त्री राईले भोजपुर र सुनसरी दुवै जिल्लाबाट आफ्नो नाम सिफारिस हुनुमा नितान्त पार्टीको मूल्यांकन र चाहनाका आधारमा भएको र त्यसमा आफ्नो कुनै हात, इसारा, संकेत, माग र चाहना जोडिएको प्रष्टीकरण दिएका छन्।

उनले आफू पार्टीको निर्णयविरुद्ध नउभिने पनि बताएक छन्। ‘म पार्टीको एक अनुशासित कार्यकर्ता भएको नाताले पार्टीको निर्णय मैले सधै मान्नुपर्छ नै र अहिले खास उद्देश्यका लागि हाम्रो पार्टी गठबन्धनमा छ। गठबन्धनबाटै चुनाव लड्ने निर्णयमा छु। त्यसैले  उम्मेदवारीको हकमा गठबन्धनबाट गरिने जुनसुकै निर्णय पनि मानेर जान म तयार छु। गठबन्धनभित्र उछिनापाछिन गर्ने पक्षमा म छैन। नेताले चुनाव लड्नै पर्छ, साम्सद बन्नै पर्छ भन्ने नि छैन। पार्टी र गठबन्धनले मलाइ उम्मेदवार नबनाउने निर्णय गर्यो भने म उम्मेदवार नबन्न तयार छु।’

सजिलो देख्दा उछिनापछिन गर्ने अप्ठेरो देख्दा भाग्ने मानिस आफू नभएको स्पष्ट पादैृ उनले भनेका छन्, ‘पार्टीको निर्देशन भयो भने जस्तासुकै अप्ठ्यारोमा उम्मेदवार बन्न र काम गर्न तयार छु। अप्ठ्यारो देखेर पन्छिन्छ कि त्यस्तो कसैले नठान्नु होला।’

प्रकाशित मिति: १८:२४ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्