Kathmandu Press

केन्याले नेपाललाई दियो १५७ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं, भदौ ११ : केन्या भ्रमणमा रहेको नेपालले टि–२० सिरिजको तेस्रो खेलमा १५७ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। आइतबार नैरबीमा भएको खेलमा अन्तिम ३...
केन्याले नेपाललाई दियो १५७ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं, भदौ ११ : केन्या भ्रमणमा रहेको नेपालले टि–२० सिरिजको तेस्रो खेलमा १५७ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। आइतबार नैरबीमा भएको खेलमा अन्तिम ३ ओभरमा खराब बलिङ गरेपछि केन्या निर्धारित ओभरमा २ विकेट मात्र गुमाएर १५६ रन बनायो।

केन्याका लागि रकिप पटेल र इरफान करिमले शतकीय साझेदारी गरे। यी दुई तेस्रो विकेटका लागि १२७ रनको साझेदारी गरेका थिए। रकिब ४३ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ७३ रन बनाउँदा करिमले ४७ बलमा ४ चौका र २ चौका प्रहार गर्दै ५५ रन बनाए।

१७ ओभरमा ११० रन मात्र बनाएको केन्याले अन्तिम ३ ओभरमा ४६ रन बनाएको थियो। नेपालका सोमपाल कामी र अदिल आलमले समान १ विकेट लिए।

खेलमा सन्दीप लामिछानेको कप्तान खराब रह्यो । क्रिजमा सेट ब्याट्सम्यान भएको अवस्थामा पनि सन्दीप अन्तिम तीन ओभरमा पेसरलाई एक ओभर मात्र दिए। कसिलो बलिङ गरेका मोहम्म्द अदिल आलम, पवन सर्राफ र सोमपाल कामी हुँदा हुँदै महँगो सावित भएका सन्दीप आफैं १८औं ओभरमा बलिङमा आए।

सो ओभरमा उनले १९ रन दिएका थिए। अन्तिम ओभरमा स्टाइक बलर सोमपाल हुँदाहुँदै उनले अन्तिम ओभर दीपेन्द्रसिंह ऐरीलाई दिए । अन्तिम ओभरमा दीपेन्द्रले १९ रन खर्चिए। खेलमा कसिलो बलिङ गरेका अदिलले १, पवनले २ र सोमपालले ३ ओभरमात्र बलिङ गरेका थिए।

५ खेलको टि–२० सिरिज १–१ को बराबरीमा छ । पहिलो खेल नेपालले ५ विकेटले जितिको थियो दोस्रो खेलमा केन्या १८ रनले विजयी भएको थियो।

प्रकाशित मिति: १७:३१ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्