थप २०२ जनामा कोरोना संक्रमण, एकको मृत्यु
आइतबार २ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा १६४ र १ हजार ७६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको हो ।
काठमाडौं, भदौ १२ : मुलुकभर पछिल्लो चौबिस घन्टामा २०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ८३३ जनाको कोरोना परीक्षण गर्दा २०२ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबार २ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा १६४ र १ हजार ७६९ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण देखिएको हो ।
सोही अवधिमा ४६२ जना कोरोनामुक्त भएका छन् भने एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोनाको कुल संक्रमित संख्या ११ लाख ४७ हजार २०४ पुगेको छ । तीमध्य ३ हजार ३१३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
सक्रिय संक्रमितमध्य ३ हजार १५१ जना होम आइसोलेसन र १६२ जना संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा रहेका मध्य ४४ जनाको आइसियुमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: १७:२५ बजे, आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











