Kathmandu Press

शिक्षा क्षेत्र सुधारको माग राख्दै नेविसंघले शिक्षा मन्त्रीलाई बुझायाे २९ बुँदे ज्ञापनपत्र

काठमाडाैं, भदाै १२ : नेपाल विद्यार्थी संघले शिक्षा क्षेत्रको सुधारको माग राख्दै शिक्षा मन्त्रीलाई २९ बुँदे ज्ञापन पत्र बुझाएको छ।आइतबार सिंहदरबारमा नेविसंघले समग्र...
शिक्षा क्षेत्र सुधारको माग राख्दै नेविसंघले शिक्षा मन्त्रीलाई बुझायाे २९ बुँदे ज्ञापनपत्र

काठमाडाैं, भदाै १२ : नेपाल विद्यार्थी संघले शिक्षा क्षेत्रको सुधारको माग राख्दै शिक्षा मन्त्रीलाई २९ बुँदे ज्ञापन पत्र बुझाएको छ।

आइतबार सिंहदरबारमा नेविसंघले समग्र शैक्षिक विकासका लागि केही तत्कालिक तथा संरचनागत सुधार गर्नुपर्ने माग राख्दै विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको हो।

विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र राखी विना व्याज शैक्षिक ऋण प्रदान गर्ने निर्णय यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने, अस्वभाविक रुपमा बढाइएका शुल्क खारेज गर्नुपर्ने, विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनुपर्ने, शैक्षिक क्षेत्रको सुरुवातमा विद्यार्थी भर्नासंगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुराउनुपर्ने माग नेविसंघको छ।

त्यस्तै  एस.ई.ई.परीक्षा उत्तिर्ण गरी कक्षा ११ मा भर्ना भएका सम्पुर्ण विद्यार्थीकको भर्ना शुल्क ५० प्रतिशतले मिनाहा गर्नुपर्ने, दैनिक मजदुरी गरेर जीविकोपाजर्न गर्दै आएका अभिभावकहरुको सन्तानले शैक्षिक संस्थामा सहुलियत शुल्कमा अध्ययन गर्न पाउने व्यवस्था मिलाउनुपर्ने आफुहरुको माग रहेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए। उनले शिक्षा क्षेत्रको सुधारका कुरा उठाउँदा आफूहरुमाथि आक्रमण हुने गरेको गुनासो गरे।

ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले शैक्षिक क्षेत्रमा बढेको शुल्कका बिषयमा आफुले सर्वपक्षीय छलफल गर्ने बताए। विद्यार्थीहरुले उठाएका मागहरु सकारात्मक भएको भन्दै विशेष ध्यान दिएर आवश्यक नीति निर्माण गरिने उनले बताए।

नेविसंघले आफुहरुको माग यथाशक्य सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने समेत चेतावनी पनि दिएका छन्।

प्रकाशित मिति: १६:४० बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्