Kathmandu Press

गठबन्धनमा बखेडा भए हामीसँग वाममोर्चाको पनि विकल्प छ : प्रचण्ड 

काठमाडौं, भदौ १२ : नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिट बाँडफाँटको विषयलाई लिएर गठबन्धन दलबीच बखेडा उत्पन्न भए विकल्प अपनाउन वाध्य हुने...
गठबन्धनमा बखेडा भए हामीसँग वाममोर्चाको पनि विकल्प छ : प्रचण्ड 

काठमाडौं, भदौ १२ : नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिट बाँडफाँटको विषयलाई लिएर गठबन्धन दलबीच बखेडा उत्पन्न भए विकल्प अपनाउन वाध्य हुने बताएका छन् । 

आइतबार माओवादी केन्द्रको बाग्मती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सिट बाँडफाँटको विषयमा कांग्रेसले बखेडा झिके वाममोर्चा बनाएर चुनावमा जाने चेतावनी दिएका हुन् । 

हामीसँग वाममोर्चाको पनि विकल्प छ । कांग्रेसले सिट बाँडफाँटमा ज्यादविधि गरेछ भने पनि संयुक्त वाममोर्चाका रुपमा चुनावी तयारी अगाडि बढाउँछौ,’ प्रचण्ण्डले भने । 

उनले संघीय निर्वाचनमा पनि स्थानीय निर्वाचनमा जस्तै अन्तर्घात भए पार्टी नै विघटन हुनसक्ने बताए । ‘त्यसैले कमरेडहरुले ध्यान दिनुहोला, अन्तर्घात भयो भने पार्टी विघटन हुनबाट कसैले रोक्न सक्दैन,’ उनले भने । 

उनले अबको तीन महिना दत्तचित्त भएर पार्टीलाई जिताउन लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । 

 

प्रकाशित मिति: १६:२९ बजे, आइतबार, भदौ १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्