विधायन व्यवस्थापन समितिकाे बैठक भाेलि बस्दै
काठमाडौं, भदाै १२ : 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९' माथि छलफल गर्न विधायन व्यवस्थापन समितिले बैठक बोलाएको छ। समितिले भोलि (सोमबार) मध्यह्न १२ बजेका...
काठमाडौं, भदाै १२ : 'नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९' माथि छलफल गर्न विधायन व्यवस्थापन समितिले बैठक बोलाएको छ। समितिले भोलि (सोमबार) मध्यह्न १२ बजेका लागिबैठक बोलाएको हो।
गृहमन्त्री बालकृष्ण खाँण, गृह मन्त्रालयका सचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई बोलाइएको बैठकमा नागरिकता विधेयकमाथि दफावार छलफल हुनेछ।
काठमाडाैं, भदाै १२ : राष्ट्रपतिबाट केही पुनर्वचारकाे सन्देशसहित फिर्ता गरिएको विधेयक प्रतिनिधिसभाले भदौ २ मा हुबहु पारित भएर राष्ट्रियसभामा पठाएकाे हाे।
राष्ट्रियसभाकाे आज (आइतबार) बसेकाे बैठकले विधायन व्यवस्थापन समितिमा पठाएको हाे। आइतबार गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट पुर्नविचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । सो प्रस्ताव सर्वसम्मतले पारित भएको हाे।
राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरे त्यस्तो विधेयक दुवै सदनले पुनः पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ।
संघीय संसदले पुनः पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ। संविधानका व्यवस्था अनुसार दोस्रोपटक पारित भएर गएको विधेयक फिर्ता गर्ने छुट राष्ट्रपतिलाई हुँदैन।
संघीय संसदका दुवै सदनबाट पारित भई नागरिकता विधेयक साउन १५ गते प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको थियो। तर राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि भन्दै विधेयकलाई प्रतिनिधि सभामै फिर्ता पठाएकी थिइन्।











